बेबारीसे सडक मानवसँग दशैं मनाउँदै : सांसद बस्नेत – Himalayan Dainik

बेबारीसे सडक मानवसँग दशैं मनाउँदै : सांसद बस्नेत


बेबारीसे सडक मानवसँग दशैं मनाउँदै : सांसद बस्नेत

भक्तपुर, २६ असोज – नेपालीहरुको महान् चाड विजया दशमी  जो आफन्तसँग भेटघाट, टिका, आशिर्वाद तथा नयाँ नयाँ ठाउँको भ्रमण गरी दुःख सुख साटासाट गरेर मनाउने गर्दछन् ।

तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतेले अाफ्नो  जिल्लालाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानलाई साथ दिइरहेको चाँगुनारायण नगरपालिकाको यातुमहादेवमा सञ्चालनमा रहेको मानव कल्याण समाज (सेवाघर)को आयोजनामा रहेका आफन्त विहिन बेवारीसे सडक मानवलाई दुखेको घाउनमा मलहम लागाउँदै सांसद बस्नेतले शनिवार सेवा घरमा नै पुगी सामुहीक टिका लगाई दिनुभयो  ।

आफन्त विहनिले आफन्त नभएको महशुस गर्न नपाउन भन्ने मुख्य उद्देश्यका साथ उहाँले उक्त सेवा घरमा रहेका ६१ जना बेवारीसे सडक मानवलाई टिका लगाईदिनुभएको हो ।  टिकाको साथमा नास्ताको समेत व्यवस्था गर्नुभएको थियो  ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरलाई बेवारीसे सडक मानव मुक्त बनाउने अभियानमा विशेष भूमिका निर्वाह गरेकोमा सेवा घरलाई विशेष धन्यवाद व्यक्त गर्दै सेवा घरको लागि स्थायी रुपमा वसोवास गर्न मिल्ने प्रकारको सामुहिक भवन निर्माण गर्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

सामुहिक टिका कार्यक्रममा सांसद बस्नेतको नेतृत्वमा भक्तपुर जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोला, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, नेकपाका नेता दामोदर दंगाललगायतका व्यक्तिहरुको  सामुहिक टिका कार्यक्रम गर्नु भएको हो ।