दक्षिण एशियाकै अग्ला नायक खतिवडा भिजिट २०२० सँगै समाज सेवामा पनि सक्रिय – Himalayan Dainik

दक्षिण एशियाकै अग्ला नायक खतिवडा भिजिट २०२० सँगै समाज सेवामा पनि सक्रिय


दक्षिण एशियाकै अग्ला नायक खतिवडा भिजिट २०२० सँगै समाज सेवामा पनि सक्रिय

काठमाडौँ, १८असोज – कलाकार संजय खतिवडा नो स्मोकिड. फिल्मबाट डेक्लु गर्नु भएको हो । उहाँले विभित्र चलचित्र, दसगजा, नरसिंह र भीमदत्ते , टेलिफिल्मी , म्युकिज भिडियो जनचेतनामुलक विज्ञापनमा मोडलीड. गरिसक्नु भएको छ ।खतिवडा दक्षिण एशियाकै अग्ला नायक पनि हुनुहुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । नायक खतिवडा मिडियामा प्रचार प्रसार गर्न मन नपराउने उहाँको बानीले गर्दा धेरै जानकार नहुन पनि सक्नुहुन्छ । दक्षिण एशियाकै अग्ला नायकका रुपमा परिचित खतिवडाको भित्री लुकेका पाटाहरुलाई आज उजागर गर्नै जर्मको गरेका छौ ।

तेह्रथुममा जन्मिएका नायक तथा सद्धभावना दुत खतिवडा हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आउँनु भएको छ । नेपाली समाजमा समाजसेवा मात्रै होइन समाज नै परिर्वतन गर्न सक्नु पर्छ भत्रे सोचका साथ अगाडि बढ्ेका नायक तथा सद्धभावना दुत लाइन्स क्लब अफ इन्टरनेशन्ल न्यु वेभका भाइस प्रेसिन्डेट समेत रहनु भएका छ । खतिवडा समाजिक क्षेत्रमा पनि अग्रपंतिमा देखिनु हुन्छ । उहाँले समाजसेवालाई कलाकारितासँगै डो¥याउने लक्ष्य पनि राख्नुभएको छ ।

नायक तथा सद्धभावना दुत खतिवडाले भौतिक विकासबाट बञ्चित क्षेत्रलाई छनौट गरी विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका लागि डोल्पामा त्यहाँका अपाङ्गता भएका व्यक्ति शिक्षाबाट बञ्जित नहुन् भन्ने उद्देश्यले अपाङ्गमैत्री विद्यालय निर्माण गराउने महाअभियानमा लाग्नु भएको छ । उहाँको संयोजकत्वमा डोल्पा जिल्लामा करिब १ करोडभन्दा बढिको लगानिमा मुकुटेश्वर आधारभुत विद्यालय निर्माण हुँदै छ भने जस्को पहिलो चरणको दुई रोपनी जग्गा खोज्ने काम पनि सम्पत्र भैइसको बताउनु भयो । डोल्पा जिल्लाको दुनैमा बत्र लागेको विद्यालय निकट भविष्यमा नै कर्णालीका अधिकांश बाल बालिकाहरुलाई आधारभुत देखि सेकेन्डरी लेभलसम्म शिक्षा प्रदान गर्ने उदेश्यले काम गरिरहेको समेत जानकारी गराउनु भयो । सो स्कुल निर्माणका लागि लायन्स क्लवमा आवद्ध दुईसय देशका नागरिकबाट एक–एक रूपियाँ नै उठाएपनि सम्पन्न गर्न सकिने बताउनुहुन्छ ।

कलाकार जागिर खाने व्यक्ति होइन, उसलाई समाजले बनाउने हो । त्यसैले समाजप्रति पनि कलाकार उत्तरदायि हुनुपर्छ भन्ने उहाँको सोच छ । आफुले अभिनय गर्ने चलचित्र छनौट गर्दा पारिश्रमिकलाई भन्दा कथालाई रोज्ने उहाँले दावी गर्नुभयो । जीवन गुजाराकै लागि चलचित्र आएको होइन, समाजलाई अभिनयमार्फत केही योगदान दिन सकुँ भनेर यस क्षेत्रमा आएको उहाँ बताउनुहुन्छ ।

सुपर स्टार– मेघा स्टारलगायतको उपाधि पाउने पनि नियम हुनुपर्छ । धेरै काम गर्नुछ, त्यसैले उपाधिको बारेमा नसोचेको बताउनुभयो । दक्षिण एसियाकै अग्लो हिरोको उपाधि समेत उहाँले पाउनुभएको छ ।

नायक खतिवडा नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मातहतमा रहेको नेपाल माउण्टेन एकेडेमीबाट भिजिट २०२० का लागि सद्धभावता दुत नियुक्त भएपछि पर्यटन प्रवद्धर्दनका लागि नेपालको विभित्र ठाउँमा पुगिसक्नु भएको छ । यसै विचमा पर्यटन वर्षका लागि सक्रिय नायक तथा सद्धभावना दुत खतिवडा पर्यटन प्रवद्धर्दनका लागि १ महिना युरोप भ्रमण समेत गर्ने बताउनु भयो । युरोपका विभित्र ठाउँमा पुगेर नेपालको बारेमा प्रचार प्रसार सक्रिय रुपमा आफ्नो भुमिका निर्वाह गर्ने र धेरै भन्दा धेरै संख्यामा विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको बताउनु भयो ।