महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा परिवर्तन आएनः ­मन्त्री थापा – Himalayan Dainik

महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा परिवर्तन आएनः ­मन्त्री थापा


महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा परिवर्तन आएनः ­मन्त्री थापा

काठमाडौ,असोज १२ –  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई बस्तुको रुपमा हेर्ने सोचमा कुनै परिवर्तन नआएको बताइन् । उनले हाम्रो समाज र संस्कार अहिले पनि महिलामैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

नवनारी मिडियाको १२ औँ बर्षिक उत्सवका अवसरमा बोल्दै मन्त्री थापाले ‘अहिले पनि महिलाहरुले बाहिर निस्केर काम गर्न सक्ने वातावरण नहुनु दुखद अवस्था हो ।’ उनले हिजोको पितृसत्ता र सामान्ती सोँचमा परिवर्तन हुन नसकेको धारणा राखिन् । मन्त्री थापाले भनिन् ‘हिजोको पितृसत्ता र सामान्ती सोँचमा अझैपनि परिवर्तन आउन सकेको छैन,यो सोँचमा परिवर्तन आउनु जरुरी छ ।’


तर उनले पछिल्लो समयमा महिलाहरुले विद्यमान अवस्थालाई चिरेर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याइन् । उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने व्यवस्था गरिएका कारण पनि आगामी दिन महिलाका लागि सहज रहेको बताइन् । उनले महिलाले सम्मान पुर्वक रुपमा बाँच्न पाउँने समतामुलक समाजको निर्माण गर्न आवश्यक रहेको बताइन् । महिलाहरुले घरबाहिर निस्केर काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने मन्त्री थापाको धारण छ । ।