सर्वोच्च बारकाे शुभकामना आदानप्रदान कार्यक्रम वार प्रांगणमा सम्पन्न – Himalayan Dainik

सर्वोच्च बारकाे शुभकामना आदानप्रदान कार्यक्रम वार प्रांगणमा सम्पन्न


सर्वोच्च बारकाे शुभकामना आदानप्रदान कार्यक्रम वार प्रांगणमा सम्पन्न

काठमाडोैं,९ असोज – सर्वोच्च अदालत बार एशाेसिएशनले २०७६ सालकाे विजयादशमी, शुभदिपावली, छठ लगायतका सांस्कृतिक पर्वहरू तथा नयांवर्ष नेपाल सम्वत ११४० समेतको अवशर पारेर शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

बारकाे प्राङ्गणमा आयाेजित उक्त कार्यक्रममा विगतकाे प्रचलनभन्दा अलि फरक तथा यस अघिकाेे प्रचलनकाे अनुसरण गरेर सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायत अन्य न्यायाधीशहरूसहित सर्वोच्च अदालत बारका सदस्य वरिष्ठ अधिवक्ता तथा अधिवक्ता एवं उपत्यकाका अन्य बारसंग आवद्द वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूसमेत जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी गराउने  रहेको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवरा लगायत सर्वोच्च अदालतका अन्य सम्पूर्ण न्यायाधीशहरू, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वाेज निराैलासहित अन्य रजिस्ट्रारहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, नेपाल बारका पदाधिकारी तथा सदस्यहरू, उपत्यकाभित्रका वार एशााेसिएशनका पदाधिकारी तथा सदस्यहरू सहभागी भएकाे कुरा कार्यक्रम आयाेजक सर्वोच्च अदालत बार एशाेसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले हामीलाई बताए ।

 

उपाध्यक्ष खडकाका अनुसार नेपाल वार एशाेसिएशन तथा सर्वाेच्च अदालत बार एशाेसिएशनका पूर्व पदाधिकारीहरूसमेत सहभागी रहेकाे उक्त कार्यक्रमकाे अवसरमा प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवरा लगायतका अतिथिहरूले कार्यक्रममा उपस्थित सम्पूर्ण वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसंग शुभकामना साटासाट गरेका थिए ।