लैंगिक संवेदनशीलता रिपोर्टिङ प्रशिक्षण सम्पत्र – Himalayan Dainik

लैंगिक संवेदनशीलता रिपोर्टिङ प्रशिक्षण सम्पत्र


लैंगिक संवेदनशीलता रिपोर्टिङ प्रशिक्षण सम्पत्र

भत्तपुर, ४असोैज -लैंगिक समानताको लागि संचारकर्मीहरुको भूमिकाको अन्र्तगत ३ दिने लैंगिक संवेदनशील रिपोर्टिङ तालिम’ नगरकोटमा सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपाल, महिला पुर्नस्थापना केन्द्र नेपालद्वारा आयोजित तालिम असोज २ गतेदेखि ४ गतेसम्म संचालन भएको थियो । त्यसको संचारिका समूह संयोजन गरेको हो ।

नेपाली पत्रकारिताका अनुभवी पत्रकारले लैंगिक संवेदनशीलतामा उठेका विभिन्न संवेदनशिल बिषयहरुमा केन्द्रीत रहदै  बिषयमा बर्तमान प्रयोग र असरहरुका बारेमा सहभागि पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । बिभिन्न संचार माध्यममा कार्यरत महिला तथा पुुरुष पत्रकारहरुको प्रशिक्षणमा सहभागी भएका थिए । बिभिन्न चरण सहीत तीन दिन सम्म चलेको उक्त तालिमर्मा लैङ्खिक आधारमा हुने हिंसा र सञ्चारमाध्यमको भुमिका’ का बिषयमा संचारिका समुहकी पुर्व अध्यक्ष निर्मला शर्माले प्रशिक्षण दिएकी थिइन् ।

लिंग, पहिचान, महिलावाद, समानता, समता लगायताका बिषयमा मिडिया एडभोकेसी ग्रुपकी बन्दना राणाले प्रशिक्षण दिएकी थिइन् ।  मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय जवाफदेहिता संयन्त्र’ बिषयमा महिला पुर्नस्थापना केन्द्र नेपालकी कार्यक्रम संयोजक संजिता तिम्सिनाले प्रशिक्षण दिएकी थिइन् । त्यस्र्तै खोज पत्रकारिता के हो, खोज पत्रकारिता  बिषयवस्तु पहिचानका चुनौति’ का बिषयमा नेपाल पत्रकारमहासंघका पुर्व अध्यक्ष शिब गाउलेले प्रशिक्षण दिएका थिए ।

पत्रकारीताका क्षेत्रका समग्र चुनौती संगै महिला पत्रकारकाले भोग्न बाध्य बिभेद र तिनलाई कसरी सामना गर्ने भन्ने बिषयमा छलफल समेत भएको थियो । संचारिका समुहकी अध्यक्ष नितु पण्डीतले नयां पुस्ताका पत्रकारहरुलाई हरेक बिषयहरुमा सचेत गराउदै आवस्यक ज्ञान दिदै जान आवस्यक रहेको बताउदै आगामि दिनहरुमा पनी यस्ता प्रशिक्षणहरु सञ्चालन गर्दे जाने बताएकी थिइन् । त्यस्तै आआफ्नो पत्रकारीतामा प्रखरता निखार्नको लागि यस्ता प्रशिक्षणहरु अत्यन्त सहयोगी भएको प्रशिक्षणमा सहभागी पत्रकारहरुले बताएका थिए ।