सरस्वती विद्यागृह पूर्व विद्यार्थी समुहको रक्तदान कार्यक्रम सम्पत्र – Himalayan Dainik

सरस्वती विद्यागृह पूर्व विद्यार्थी समुहको रक्तदान कार्यक्रम सम्पत्र


सरस्वती विद्यागृह पूर्व विद्यार्थी समुहको रक्तदान कार्यक्रम सम्पत्र

भक्तपुर, ५ असोैज- सरस्वती विद्यागृह पूर्व विद्यार्थी समुहको रक्तदान कार्यक्रमकाे आयाेजना गरि संविधान दिवस मनाए ।

सरस्वती विद्यागृह मा•बि• भक्तपुरमा २०४२ सालमा एसएलसी दिनेगरी अध्ययनरत पूर्व विद्यार्थी समूहले आज सरस्वती विद्यागृह माध्यमिक विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयाेजना गरि सम्पन्न गरेकाे छ । संविधान दिवसका अलावा विजया दशमी, दिपावली, नयाँवर्ष नेेेेपाल सम्वत ११४०, छठ लगायतका पर्वहरूकाे अवसर पारेर विगत वर्षहरूमा जस्तै यस वर्ष पनि असाेज ३ गतेकाे दिन उक्त रक्तदान कार्यक्रम आयाेजना गरिएकाे सर्वाेच्च अदालत वार एशाेसिएशनका उपाध्यक्ष समेत रहेका आयाेजक समुहका संयाेजक अधिवक्ता राजु खड्काले वनाएका छन ।

संयाेजक खडकाका अनुसार पूर्व विद्यार्थी समूह २०४२ का सदस्यहरूकाे व्यापक उपस्थिति रहेकाे उक्त कार्यक्रममा करिव ३ दर्जन पिन्ट रगत संकलन गरिएकाे थियाे । संगै अध्ययन गरेका साथीहरू एकत्रित भै समाजाेपयाेगी कार्य गर्ने साेचका साथ आफूहरूकाे सामाजिक उत्तरदायित्वलाई महशुश गरि मानव जीवन रक्षाकाे लागि अति नै आवश्यक ठानिएकाे रगत संकलनलाई महत्त्व दिई उक्त रक्तदान कार्यक्रम राखिएकाे बताइएको छ ।

सरस्वती विद्यागृहका प्रधानाध्यापक दिनेश बैद्यसमेतकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा जनप्रतिनिधि लगायत समाजका महत्त्वपूर्ण अन्य व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।