असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क – Himalayan Dainik

असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क


असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क

काठमाडौं,भदोै ३१- संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालमा  निःशुल्क ओपीडी  सेवा गर्ने निर्णय गरेको छ।

स्वास्थ्यसचिव खगराज बरालले असोज २ गते बिहीबारसंघ र प्रदेशस्तीय अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्र देखि सबै स्वास्थ्य संस्थालाई ओपीडी शुल्क नलिन निर्देशन दिएको जानकारी दिए।

निजी अस्पताललाई यसरी छुट दिनका लागि निर्देशन दिन नमिल्ने भए पनि आग्रह भने गरिएको उनले बताए।