प्रधानमन्त्री ओलीले गुजराती भाषामै दिनुभयो भारतीय प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना – Himalayan Dainik

प्रधानमन्त्री ओलीले गुजराती भाषामै दिनुभयो भारतीय प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना


प्रधानमन्त्री ओलीले गुजराती भाषामै दिनुभयो भारतीय प्रधानमन्त्री  मोदिलाई जन्मदिनको शुभकामना

काठमाडौं ,भदोैै ३१-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाले गुजरातीसहित अंग्रेजी र हिन्दी भाषामा लेखेर शुभकामना दिनु भएको छ ।

ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले स्वास्थ्य, खुसी जीवन र दीर्घायुको कामना गर्नुभएको हो । ‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेख्नु भएको छ ।

‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु ।’ ‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेख्नु भएको छ । सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुग्नु भएको छ ।