जिरीमा लाइन्स क्लव अफ अव्वल भ्यालीकाे बृहत निशुल्क स्वास्थ्य शिविर सम्पत्र – Himalayan Dainik

जिरीमा लाइन्स क्लव अफ अव्वल भ्यालीकाे बृहत निशुल्क स्वास्थ्य शिविर सम्पत्र


जिरीमा लाइन्स क्लव अफ अव्वल भ्यालीकाे बृहत निशुल्क स्वास्थ्य शिविर सम्पत्र

दोलखा,भदोै ३०-लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्याली तथा फिजिसियन्स फर साेसियल रेष्पाेन्सिबिलिटी, नेपालकाे सहकार्यमा दोलखाको जिरीमा हालै एक बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा अध्ययनरत लियो क्लव अफ अव्वल भ्यालीका लियो सदस्यहरूकाे विशेष सकृयतामा उक्त शिविर सम्पन्न भएकाे कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्काले बताएका छन् ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ अन्तर्गतको क्लव लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काका अनुसार महाराजगन्ज क्याम्पसमा अध्ययनरत लियो विद्यार्थीहरूकाे पहलमा त्रि•वि•शिक्षण अस्पतालमा कार्यरत विभिन्न विधाका चिकित्सकहरूकाे टाेलिले दाेलखा जिल्लाकाे जिरी नगरपालिका वडा नं•१ मा आयाेजित उक्त स्वास्थ्य शिविरमा विभिन्न राेगबाट पिडित महिला तथा पूरूषहरू गरी ४५० जनाभन्दा बढी बिरामीहरूकाे स्वास्थ्य जांच गरी आवश्यक ओषधिहरू समेत निशुल्क प्रदान गरिएको थियो ।

जिरी नगरपालिकाका मेयर टंक जिरेल तथा वडा नं•१ का वडाध्यक्ष लाक्पा शेर्पासमेतको उपस्थितिमा सम्पन्न भएको उक्त शिविरमा जिरी नगरपालिका तथा आसपासका क्षेत्रबाट समेत आएका बुढाबुढी, केटाकेटी समेतले स्वास्थ्य जांच गराई प्रेसकृप्सन अनुसारको ओषधिहरू समेत प्राप्त गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा आफूलाई जंचाउन आएका बिरामी तथा कार्यक्रमका अन्य सहभागीहरूले काठमाडौदेखि यति टाढासम्म आएर निशुल्क रूपमा ओषधिसहितकाे स्वास्थ्यसेवा प्रदान गरेका थिए ।

आयाेजक लायन्स क्लव अफ अव्वल भ्याली, लियो क्लव अफ अव्वल भ्याली तथा फिजिसियन फर साेसियल रेष्पाेन्सिबिलिटी, नेपाल गरि तिनै वटा संस्थालाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालकाे सेवा प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।