‘शिखर राजनीतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मान ग्रहण गर्दै सांसद महेश बस्नेत – Himalayan Dainik

‘शिखर राजनीतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मान ग्रहण गर्दै सांसद महेश बस्नेत


‘शिखर राजनीतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मान ग्रहण गर्दै सांसद महेश बस्नेत

काठमाडौँ, भदौ ३०- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उधोग मन्त्री तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मानित हुनुभएको छ ।

शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ द्वारा उहाँलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो । नेपालकै सवैभन्दा कम उमेरमा वि.सं. २०५४ सालको स्थानीय चुनावमा भक्तपुर जिल्लाको गुण्डुबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभएका सांसद बस्नेतले गाविस अध्यक्ष हुँदै तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्ष हुँदै वर्तमान समयसम्ममा देशको लागि खेल्नुभएको भूमिका अतुलनिय रहेको बताउँदै उक्त सम्मान दिइएको हो ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए । सो सम्मानबाट प्रदेश १ बाट विशाल राई (विशाल कृषि फर्म, विर्तामोड), प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मति गोट फिड्स प्रा.लि. धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५ १५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।

सांसद बस्नेतले देश र जनता प्रति गर्नुभएको अतुलनिय योगदान नै उहाँको व्यक्तित्व भएको बताइएको छ । वर्तमान समयमा भक्तपुर क्षेत्र नं. २ मा नेकपाको तर्फबाट विजयी हुनुभएका सांसद बस्नेतले छोटो समयमा नै भक्तपुरको मुहार नै परिवर्तन गर्नुभएको छ । निर्वाचनको समयमा जनतामाझ गर्नुभएका प्रतिवद्धताहरु करिव दुई वर्ष मै पुरा गरी अव जनताको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै साना तथा ठूला आयोजनाहरु निर्माणाधिन अवस्थामा पुर्याउनुभएको छ ।

आगामी दिनमा आर्थिक अभावका कारण भक्तपुरको कुनै पनि विकास नरोकिने उद्घोषका साथ अघि बढ्नु भएका सांसद बस्नेतले भक्तपुरका जनताको तिव्र विकास प्रतिको चाहनालाई पुरा गर्दै आफ्नो कार्यकालभरमा समृद्ध भक्तपुर ः सुखी भक्तपुरका जनता बनाउने उद्घोषका साथ अघि बढिरहनुभएको छ ।

उहाँकै नेतृत्व तथा पहलमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिसकेका छन् । जसमा स्मार्ट सिटी, आधुनिक सभागृह, सुरुङ मार्ग, राष्ट्रिय प्राणी उद्यान केन्द्र, रंगशाला, आधुनीक वीर अस्पताल, कवोर्ड हललगायतका ठूला आयोजनाहरु समेत निर्माणको प्रकृयामा अघि बढाउनुभएको छ । जसका कारण भक्तपुरका जनताको भाग्य र भविष्य समेत सुनिश्चित गराउँदै अघि बढ्नु भएको छ ।

भक्तपुरका जनताको मात्र नभई उपत्यकावासीको जीवनसँग जोडिएको हनुमन्ते कोरिडोरलाई इतिहासकै सवैभन्दा तिव्र, व्यवस्थित र प्रभावकारी ढंगले निर्माण उहाँकै नेतृत्वमा भइरहेको छ । उहाँले कोरिडोर निर्माणसँगै कोटेश्वर जडिवुटीको सवारी जामलाई दिर्घकालिन रुपमा समस्या समाधान गर्ने महत्वकांक्षि योजनालाई सफलता उन्मुख बनाउनुभएको छ ।