गणतन्त्र विरोधि सलवलाउन खोजे प्रतिकार गर्न तयार हुन्छन :सांसद बस्नेत – Himalayan Dainik

गणतन्त्र विरोधि सलवलाउन खोजे प्रतिकार गर्न तयार हुन्छन :सांसद बस्नेत


गणतन्त्र विरोधि सलवलाउन खोजे प्रतिकार गर्न तयार हुन्छन :सांसद बस्नेत

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज बस्नेतले संघका युवाहरु रचनात्मक ढंगले अघि बढिरहेको समयमा कसैले कमजोरीको रुपमा ठाने त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय युवा संघको एकतापश्चात आगामी दिनमा देशमा युवा जागरण तथा देशको विकास र समृद्धिको बाटामो ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । युवा आन्दोलन बैद्धिक तथा राजनीतिक भएको बताउँदै उहाँले अबको युवा आन्दोलन मुलुकको समद्धि प्राप्ती, रचनात्मक, सिर्जनसिलता नै अबको युवाको पहिचान भएको बताउनुभयो ।

प्रतिक्रियावादीको तागत युवाहरुले मूल्याङ्कन गरिरहेको बताउँदै उहाँले भन्नुभयो। पार्टीको एकताका सवालमा युवा आन्दोलन तथा भुमिका केही मात्रमा कमजोर भएको छ भनि कोहीले कमजोरीको रुपमा सोच्छ भने त्यो अब समाप्त भयो । युवा अब देशभर जुरमुराएर उठ्छन् । राष्ट्र निर्माणको बाटामो अघि बढ्छन् ।

युवा संगठनको एकता दुई वटा संगठनको मात्र नभई देशभक्त, राष्ट्रवादी शक्तिहरुको एकता भएको बताउँदै उहाँले संगठनको एकताले मुलुकको राष्ट्रवादी, देशभक्त आन्दोलनलाई समर्थन गर्ने बताउनुभयो । युवा आन्दोलनलाई रचनात्मक ढंगले अघि लान खोजेको हातलाई, उद्योगधन्दा कलकारखाना, विज्ञान र प्रविधि बोकेको हातलाई उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

संघको एकताका बाँकी काम समयभित्रै सम्पन्न हुने बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित नै संगठनको हित हो । विगतका कमि कमजोरीलाई मूल्याङ्कन गरी अघि बढ्नुपर्छ । आगामी तिहार अघि नै राष्ट्रिय युवा भेला गरी देशमा अब युवा संघ उठ्यो, जाग्यो र तिव्र विकास र समृद्धिको बाटोमा अघि बढ्यो । इमान्दारीता, क्रियाशिलता तथा क्षमताको आधारमा आगामी दिनमा कसैको मूल्याङ्क हुन्छ । कसैलाई काखा कसैलाई पाखा हुँदैन । कसैले सिफासिर गरेको आधारमा नेतृत्व प्रदान हुँदैन ।’

इन्चार्ज बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले नै देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा संगठन नै गतिशिल संगठन भएकाले युवा सिर्जनसिल, खोजमूलक तथा लगनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने मूख्य जिम्मा युवा शक्ति भएको बताउँदै राष्ट्रिय युवा संघले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न कुने पनि मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । युवा शक्ति जनताको अधिकार, आकांक्षा, युवाको भाग्य र भविष्यको बाटो निर्धारणको पथमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजिक न्याय र समानता स्थापना गर्न पुरानो व्यवस्थालाई परास्त गर्न युवाको भूमिका अतुलनिय रहेको बताउँदै उहाँले अबको दिनमा राष्ट्र निर्माणको सामाजिक न्याय र समानताको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभयो । उहाँले विचार, सिद्धान्त तथा दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउँदै प्रगतिगामी बाटोमा युवा संघको बाटो निर्धारण गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि युवा वेरोजगारी हुनु नहुने बताउँदै रोजगारी विनाको युवा संघको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्नुभयो । युवा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिँदै उहाँले युवाले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उहाँले वर्तमान समयमा युवाहरुको निम्ती प्राप्त उपलब्धी नै युवाहरुको माग भएको बताउनुभयो ।