फेन्टा किनेर खाने परम्पराको अन्त्य गर्नुपर्छ : सांसद बस्नेत – Himalayan Dainik

फेन्टा किनेर खाने परम्पराको अन्त्य गर्नुपर्छ : सांसद बस्नेत


फेन्टा किनेर खाने परम्पराको अन्त्य गर्नुपर्छ : सांसद बस्नेत

भक्तपुर, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले औद्योगिक चेतनाको विकास गर्दै भ्यालु एड गर्नुपर्नेमा जोड दिँदै आफ्नो बारिमा फलेको सुन्तलालाई सस्तो मूल्यमा बेची फेन्टा, सस्तोमा उखु बेची चिनी किनेर परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

लामीडाडाँ बहुउदेश्यीय कृषक समुहरतरकारी पकेटले सूर्यविनायक नगरपालिका वडा नं. १, बिरुवामा आयोजनामा सोमवार नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि ज्ञान केन्द्र ललितपुरको सहयोगमा ५० प्रतिशत अनुदानबाट प्राप्त कृषि सामग्रीहरु वितरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अबको दिनमा समय र माग अनुसार आधुनिक सूचना तथा प्रविधिको सही तरिकाले प्रयोग गरी त्यसको जवाफ कामबाट दिनुपर्ने बताउनुभयो ।

कृषिमा भक्तपुर उत्कृष्ट रहेको बताउँदै सांसद बस्नेतले भक्तपुरका नागरिकको चेतना तथा चाहना उच्च हुँदै गएकाले आधुनिक प्रविधिको खोज तथा अनुसन्धानमा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरका नागरिकले साइकल चढ्न पाएपछि मोटरसाइकल चढ्न पाएजस्तो हुन्थ्यो । त्यसपछि क्रमशः गाडिको आवश्यकता भएजस्तै जनताको विकास प्रतिको चाहना पनि सोही अनुसार अघि बढेको छ । प्रविधियुक्त प्रणालीको विकास अघि बढेको छ । जसलाई सही तरिकाले प्रयोग गरी नतिजामूखी, आत्मनिर्भर तथा रोजगारमूलक बनाउनुपर्छ ।

वर्तमान सरकारले आम नेपालीको प्रगतिको ढोकाहरु खुल्ला गर्दै लगिरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भौतिक पूर्वाधारको विकासले मात्र देश समृद्ध नहुने बताउँदै जनतालाई आयआर्जन, आत्मनिर्भर बनाउने प्रकारको माध्यमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उर्वर भूमि रहेको भएता पनि जनताको चेतना तथा आधुनिक सूचना÷प्रविधिको प्रयोग नहुँदा ठूलो हिस्सा कृषि पेशामा आवद्ध भए पनि अवस्था भने दयनिय रहेको बताउनुभयो ।