भारतबाट मंगलवारदेखि नेपालमा पहिलो पटक पाईप लाईनबाट दैनिक ४८ लाख लिटर डिजल भित्र्दै – Himalayan Dainik

भारतबाट मंगलवारदेखि नेपालमा पहिलो पटक पाईप लाईनबाट दैनिक ४८ लाख लिटर डिजल भित्र्दै


भारतबाट मंगलवारदेखि नेपालमा पहिलो पटक पाईप लाईनबाट दैनिक ४८ लाख लिटर डिजल भित्र्दै

अमलेखगञ्ज (बारा),भदोै २३-मंगलवारदेखि नेपालमा पहिलो पटक पाईप लाईनबाट पेट्रौलयम पद्धार्थ भित्रिने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बौर्डर पाईप लाईन परियोजनाबाट मंगलवार देखि नियमित रुपमा डिजल आउँने भएको हो । भारत सरकारको सहयोगमा निर्माण भएको मोतिहारीदेखि अमलेखगञ्जसम्मको  ६९.२ किलोमिटर लम्बाईको पाइप लाईन परियोजनाको मंगलवार मध्यान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि सो पाईप लाईनबाट नीयमित रुपमा पेट्रोलियम पर्दाथ आउन थाल्ने भएको हो ।
मंगलबार मध्यान्ह सभा १२ वजे प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित प्रधानमन्त्री कार्यालयबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित प्रधानमन्त्रीको कार्यालयबाट संयुक्तरुपमा स्वीच थिचेर सो पाइपलाईन परियोजनाको उद्घाट गर्ने कार्यक्रम रहेको छ । कम्प्युटरकै माध्यमले पाइपलाइन खोल्न भारतको मोतिहारी र नेपालको अमलेखगञ्जमा कन्ट्रोल रुम स्थापना गरिएको छ । नेपाल आयाल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार, दैनिक २० घन्टासम्म चलाउँन सकिने पाईप लाईनबाट प्रतिघण्टा दुई लाख लिटर डिजल ल्याउँन सकिन्छ ।
नेपाल आयल निगम अम्लेखगञ्जका प्रमुख एवं पेट्रोलियम पाईप लाईन परियोजनाका प्रमुख प्रदिप यादवका अनुसार, ६९.५ किलो मिटर लम्बाई रहेको यो पाइप लाइन परियोजना निर्माणका लागि भारत सरकारले चार अर्ब ४० करोडको आर्थिक सहयोग गरेको छ । पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर लम्वाई रहेको यादवले बताउँनु भयो । विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौता अनुसार पाइपलाइन निर्माण हुनुपर्नेमा लामो समय काम अघि बढेको थिएन । चार वर्षअघि आपूर्तिमन्त्री सुनिल थापाका पालामा भारतीय तेल मन्त्रीसंग सो योजना अघि बढाउँने सम्बन्धमा आपूर्ति मन्त्रालयमा पनः समझ्दारी भएको थियो । सो समझ्दारी पछि भने भारतले सो परियोजना प्राथमिक्तामा राखेर निर्माण कार्य अघि बढाएको थियो ।
सम्झौताका क्रममा भारत र नेपालले करिव ५०–५० प्रतिशत लागत व्यहोर्ने सहमति भएपनि योजना निर्माणमा सबै रकम भारतीय पक्षले खर्च गरेको आयल निगमले जनाएको छ । सो योजना साउनको पहिलो साता निर्माण सम्पन्न भएसंगै परिक्षण समेत गरिएको थियो । प्रमुख यादवका अनुसार, परिक्षणका क्रममा पाएपभित्र भरी डिजल राखिएका कारण दुवै प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरे लगत्तै पाईपबाट तेल झर्न थाल्ने छ । यादवका अनुसार, पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भू–भागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ ।
पाईप लाईन निर्माण संगै तेल भण्डारणका लागि ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई गरी ४ ट्यांकीमा अमलेखगञ्ज डिपोमा थप गरिएको छ । निगमका महाप्रबन्धक पौडेलका अनुसार, उद्घघाटनका लागि दुवै देशमा सबै तयारी पुरा भएको छ । कार्यक्रम अनुसार, दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन हुन्छ । त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि यता अमलेखगञ्जमा तेल झर्छ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका महाप्रबन्धक पौडेललाई हस्तान्तरण गर्नेछन् । त्यसलाई निगमका प्रमुखले डिजल ट्याङ्कीमा खन्याए संगै पाइपबाट तेल भण्डारगृहमा झर्नेछ । उद्घाट्न कार्यक्रमको तयारीका लागि महाप्रबन्धक पौडेलसहितका निगमका उच्च अधिकारीहरु दुई दिनदेखि फिल्डमै खटिएका छन् ।
निगमका महाप्रबन्धक पौडेलका अनुसार उद्घाटनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने छ । प्रधानमन्त्री ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिव सहितको टोली सिंहदरबारमा हुनेछन् ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, र पेट्रोलियम पाईपलाईन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरु  अमलेखगञ्जस्थित डिपोमा हुनेछन् । सो पाईपलाईनको साउन २ गते सफल परिक्षण भएको थियो । नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्ने नेपालतर्फको पाईपलाईनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ भने भारतले आफ्नो भूमीतर्फको सुृरक्षा तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट हुने जनाइएको छ ।