Himalayan Dainik


भक्तपुर, २३ भदौ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको अभियानले भक्तपुरको विकास एक दुई वर्षभित्रमा कायापलट हुने लक्षण देखा परेको बताउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा एेतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सांसद बस्नेतले भक्तपुमा विकासको मुल नै फुटाएकोमा प्रशंसा गर्दै विकासमा समन्वय हुनु अनिवार्य रहेको बताउनुभयो । उहाँले राजनीतिमा प्रतिपर्धा तर विकासमा एकता रहेको औंल्याउँदै एउटाले काम गर्ने, अर्कोले रोक्ने परम्पराको अन्त्य गर्ने उद्घोष समेत गर्नुभयो ।

भक्तपुरको विकास एक दुई वर्षभित्रमा ‘कायापलट’ हुने बाटोमा अघि बढ्यो : मन्त्री पोखरेल

भक्तपुर,भदौ २३-नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको अभियानले भक्तपुरको विकास एक दुई वर्षभित्रमा सम्पन्न  हुने लक्षण देखा परेको बताउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा एेतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सांसद बस्नेतले भक्तपुमा विकास तिवर गतिले अगाडि बढेकोमा प्रशंसा गर्दै विकासमा समन्वय हुनु अनिवार्य रहेको बताउनुभयो । उहाँले राजनीतिमा प्रतिपर्धा तर विकासमा एकता रहेको औंल्याउँदै एउटाले काम गर्ने, अर्कोले रोक्ने परम्पराको अन्त्य गर्ने उद्घोष समेत गर्नुभयो ।एकता र समर्पण नै विकासको आधार रहेको बताउँदै उहाँले नेपाल अनुपम, सभ्यता र सस्कृतिको प्रारम्भ गरेको देश भएको बताउनुभयो । नेपालमा रहेको जुनसुकै पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले आस्था र विश्वास प्रकट गर्ने गाउँ धर्म भएकाले कम्युनिष्टहरुले विश्वास गर्ने जनता भएको र जनताको आस्थालाई विश्वास गर्ने बताउनुभयो ।

सवैको साथ र सहयोग नै विकास र समृद्धिको साथमा स्थायीत्व हुने बताउँदै उहाँले पुर्खाले बनाएका राम्रा चिजहरुको रक्षा गर्ने जिम्मा सवै नागरिक तथा जनप्रतिनिधिहरुको रहेको बताउनुभयो । विकास गर्नु सरकार मुख्य कार्य भएको बताउँदै उहाँले भन्नुभयो, ‘विकास चाहियो तर विकासको नाममा विनास गर्नु हुँदैन ।

जनता नै सवैभन्दा ठूलो शक्ति रहेको बताउँदै उहाँले समन्वयका कमि कमजोरीका कारण विकासमा अवरोध हुने गरेको र आगामी दिनमा सरकारले त्यस्ता समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेत तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ रुपौंयाको लागतमा निर्माण भएको थियो भने उक्त मन्दिर करिव दुई करोड सात लाखको लागतमा निर्माण सम्पन्न भएको थियो ।