१५ बर्षिया बालिका माथी एसिड प्रहार – Himalayan Dainik

१५ बर्षिया बालिका माथी एसिड प्रहार


१५ बर्षिया बालिका माथी एसिड प्रहार

विरगञ्ज,भदोै २०- विरगन्जमा एक बालिकामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यामिक विद्यालयमा
कक्षा ९ मा अध्ययनरत बालिका मुस्कान खातुनमाथि आज शुक्रबार बिहान ६ बजे एसिड प्रहार भएको हो ।

एसिड प्रहारबाट गम्भीर घाइते भएकी छपकैया २ की १५ वर्षीया खातुनलाई उपचारका लागि तत्कालै नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो। खातुनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं ल्याउदै गरेको अधिकारकर्मी सावित्री सुबेदीले जानकारी दिइन् ।

मुस्कानमाथि स्थानीय दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छात्राको एसिड प्रहारले शरीरको एक भाग पुरै जलेको छ। एसिड प्रहारबाट उनको मुख, हात, छाति र पाखुरामा गम्भीर घाउ लागेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

  • प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर विद्यालय जाने क्रममा स्कुल ड्रेसमै रहेको बेला उनीमाथि एसिड प्रहार भएको थियो। एक्कासी उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए।

घटनामा संलग्न भएको आरोपमा छपकैयाका संसाद मियालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।

यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते छात्राको परिवारलाई नगद ५० हजार सहयोग प्रदान गरेका छन्।

उनको वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले बताए ।