जिल्लाको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा – Himalayan Dainik

जिल्लाको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा


जिल्लाको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा

हेटौंडा,भदोै १७ -टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत हेटौँडा पुगेका छन्। गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भन्दै उनले उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनीलाई ५ लाख र सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यो आदेशमा  आफूलाई चित्त नबुझेको भन्दै निवेदन रविले दर्ता गराएको अदालतले जनाएको छ ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका हुन्।

लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलासले भोलि प्रारम्भिक सुनुवाई गर्ने लामिछानेको टोलीका एक सदस्यले जानकारी दिए। लामिछाने र कँडेलकोतर्फबाट अधिवक्ता राजेन्द्र सेढाईँले भोलि बहस-पैरवी गर्ने उनले बताए ।