ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट, पर्यटनमन्त्रीद्वारा महत्वपूर्ण योजना सार्वजनिक – Himalayan Dainik

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट, पर्यटनमन्त्रीद्वारा महत्वपूर्ण योजना सार्वजनिक


ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट, पर्यटनमन्त्रीद्वारा महत्वपूर्ण योजना सार्वजनिक

काठमाडौं,भदौ ९ – पर्यटन मन्त्री योगेश भट्टराईले महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाहरु सार्वजनिक गरेका हुन् । मन्त्री भट्टराईका अनुसार ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने छ । कानुन बनाएर यसलाई कार्यान्वायनमा ल्याइने उनको भनाई छ । यसबाट हजारौं ज्येष्ठ नागरिक लाभान्वित हुने भएका छन्

त्यस्तै तिनकुनेदेखि गौशलासम्मको सडकखण्डमा सेकुवा पोल्न बन्द गरिने उनले बताए । सेकुवाका कारण धेरै चराहरु जम्मा भएर विमानस्थलको सुरक्षामै खतरा उत्पन्न भएको छ । एयरपोर्ट क्षेत्रको सौन्दर्यलाई समेत ख्याल गरी अव्यवस्थित टहरा हटाइने र सडक क्षेत्रमा सेकुवा पोल्न राकिने उनको भनाई छ । साथै पशुपती मन्दिरको अन्तराष्ट्रिय ब्रान्डिङ गर्न आरतीको लाइभ गर्न लागिएको छ । एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान पनि उनले सुरु गरेका छन् । विदेशमा रहेका एक नेपालीले एक विदेशी साथीलाई नेपाल पठाए पनि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने भएकाले यो अभियान सुरु गरिएको मन्त्री भट्टराईले बताए । यो कार्यक्रमले देशको पर्यटन प्रचारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
पर्यटकलाई आकर्षित गर्न नारायणी नदी किनारमा बिच बनाउने योजना समेत उनले सार्वजनिक गरेका छन् ।नागरिक उड्डयन क्षेत्रमा एक वर्षभित्र व्यापक सुधार ल्याउने घोषणा उनले गरेका छन् ।