प्रचण्डको अध्यक्षतामा सोमबार नेकपा सचिवालय बैठक बस्दै – Himalayan Dainik

प्रचण्डको अध्यक्षतामा सोमबार नेकपा सचिवालय बैठक बस्दै


प्रचण्डको अध्यक्षतामा सोमबार नेकपा सचिवालय बैठक बस्दै

काठमाण्डौ,भदोै ८- नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक पार्टीको सचिवालयको औपचारिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य उपचार गर्न सिंगापुर जानु अगाडि पार्टीको काम अगाडि बढाउन अनुमति दिएपछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

यसक्रममा प्रचण्डले पार्टीका शीर्षस्त नेताहरुसँग छलफल अगाडि बढाएसँगै सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्दै छ ।

पार्टी एकता भएको १५ महिनापछि प्रचण्डको एकल अध्यक्षतामा पार्टीको बैठक बस्न लागेको हो । यसअघि पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा बैठकको अध्यक्षता गर्दै आउने गरेका थिए ।

सोमबारको सचिवालय बैठकमा महानगरका अध्यक्ष र सचिवहरुको चयनका बिषयमा छलफल हुने र निर्णय हुने बताइएको छ । यसैबीच प्रचण्डले पार्टीका नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा अर्का पार्टी अध्यक्ष ओलीसँग कुनैपनि व्यक्तिगत तुष नराख्न आग्रह गरेका थिए ।