सम्पत्ति हडप्ने प्रवृत्ति हामी भित्रै छ : कार्यबाहक प्रधानमन्त्री पोखरेल – Himalayan Dainik

सम्पत्ति हडप्ने प्रवृत्ति हामी भित्रै छ : कार्यबाहक प्रधानमन्त्री पोखरेल


सम्पत्ति हडप्ने प्रवृत्ति हामी भित्रै छ : कार्यबाहक प्रधानमन्त्री पोखरेल

काठमाडौं,भदोै ७-कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताएका छन् । सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृत्ती आफूहरु भित्रै रहेको उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

‘अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? म तपाईंहरुलाई तोकेर भन्न चाहन्न । हामीभित्रै समस्या छन्,’ पोखरेलले भने । ‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसविरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने ।सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कर्तव्य हामी सबैको भएको उनले बताए ।

कार्यक्रममा काठमाडौंं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको बताए । धरहरा, रानीपोखरी, काष्ठमण्डप लगायतका संरचना पुनर्निर्माणको धमाधम भइरहेको भन्दै जानकारी दिँदै उनले यस काममा कहीँ कतैबाट अवरोध गर्न नहुने बताए ।