सैलुङ मेला १० हजार बढीले अवलोकन – Himalayan Dainik

सैलुङ मेला १० हजार बढीले अवलोकन


सैलुङ मेला १० हजार बढीले अवलोकन

दोलखा,साउन २९-जनैपूर्णिमाको अवसरमा दोलखाको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थल सैलुङमा लाग्ने सैलुङ मेला भर्न करिब १० हजार भक्तजन पुगेको सैैलुङ गाउँपालिकाले जनाएको छ । सैलुङ गाउँपालिका वडा नम्बर ८ सैलुङको सय थुम्कामा जनैपूर्णिमाको २ दिन अघि अर्थात सोमबारदेखी मंगलबारसम्म लागेको मेला भर्न करिब १० हजार तिर्थालु पुगेका हुन् ।

सैैलुङको मेलामा धामी झाँक्री गुफा बस्ने, मृतकको सम्झनामा बत्ति बाल्ने, पुजा अर्चना गर्ने गरिन्छ । मेलामा फलफूल, चाैरीको छ्युर्पी किनबेच पनि गरिन्छ । करिव ७ सय वर्ष अघि देखी सैैलुङमा मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ । यस वर्षको मेला शान्तिपूर्ण ढंगले सम्पन्न भएको सैैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

सैलुङ मेलाका क्रममा भएका फोहोर व्यवस्थापनसँगै चिया पानीको व्यवस्था स्थानीय खाँडादेवी युवा क्लबले गरेको थियो । सडकको अवस्था नाजुक बनेपछि सैलुङ मेला भर्न अधिकांश भक्तजन हिडेर र केही भक्तजन ट्रकमा चढेर खोलखार्क सैैलुङ पुगेका थिए ।

सैैलुङ मेला भर्नका लागी दोलखा सहित रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक काठमाण्डौं उपत्यका लगायतका जिल्लाबाट भक्तजन सैलुङ पुगेका थिए ।