एशियन कृषि समिटद्वारा १५ बुँदे काठमाडौं घोषणा पत्र जारीः एशियाली देशहरुमा कृषि बजार विचौलियाको कब्जामा – Himalayan Dainik

एशियन कृषि समिटद्वारा १५ बुँदे काठमाडौं घोषणा पत्र जारीः एशियाली देशहरुमा कृषि बजार विचौलियाको कब्जामा


एशियन कृषि समिटद्वारा १५ बुँदे काठमाडौं घोषणा पत्र जारीः एशियाली देशहरुमा कृषि बजार विचौलियाको कब्जामा
काठमाडौं,साउन २९-अन्तर्राष्ट्रि युवा दिवसको अवसरमा काठमाडौमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी सकिएको छ । १५ बुँदे काठमाडौं कृषि घोषणा पत्र जारी गर्दै समिटको समापन भएको संयोजक लोकराज अवस्थीले जनाएका छन्  । कार्यक्रममा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ ओटा देशका सहभागीले भाग लिएका थिए ।
जारी घोषणा पत्रमा कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशलिता गरी चार भागमा बाडेर १५ बुँदामा समेटिएको छ । नेपाल लगायतका एशियान देशहरुमा कृषि शिक्षा व्यवहारिका भन्दा सैद्धान्तिक बढी भएकाले युवाहरु बेरोजगार बढेको घोषणा पत्रमा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, व्यसायीकरण तथा सम्मानित पेशाको रुपमा अबलम्बन गर्न उचित कार्यक्रम बनाउन सरकासँग माग गरिएको छ ।
कृषि उत्पादनसँगै बजारीकरणको समस्या देखिनुमा सरकारहरुले लिएका नीति नै मुख्य जिम्मेवार भएको रहेको जनाइएको छ । सरकारले बनाएका नीति किसान तथा व्यवसायीमैत्री नभएकोले उत्पादनमा कमी र बजारीकरणमा समस्या आएको उल्लेख छ । नेपाल लगायतका कम विकसित देशहरुमा कृषि बजार विचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर सरकारले उचित पहल नगर्दा कसानहरु मारमा परेको जनाइएको छ ।
नेपाल भारत लगायतका देशहरुमा कृषिमा हानीकारक विषादी प्रयोगसँगै उपभोक्ताको स्वास्थ्यमा असर बढ्दो भएकाले सरकारलाई उचित कदम चाल्न आह्वान गरिएको छ ।
कृषिमा युवा सहभागितामा बढावा ल्याउनका लागि सरकारले उचित नीति, कार्यक्रम तथा लगानी गर्न सबै सरकारसँग आग्रह गरिएको छ । घोषणा पत्रमा कृषि उत्पादन, बजारीकरण र उद्यमशीलतामा लगानी गर्न सरकार, नीजि कम्पनि, दातृ निकाय, संयुक्त राष्ट्र संघ लगायतका सरोकारवालाई निकायलाई आह्वान गरेको छ ।

सँगै समिटको अन्तिम दिन कृषि योगा, नेतृत्व विकास लगाएतका कार्यक्रमहरु संचालन भएका थिए । भारत, चीन, बेलायत, इण्डोनेसिया, नेपाल लगायतका कृषि उद्यमीहरुले अनुभव आदना प्रदान समेत गरेको थिए । समित एक सय जना कृषक उद्यमीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।