नेपाली कांग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण गर्ने – Himalayan Dainik

नेपाली कांग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण गर्ने


नेपाली कांग्रेसले तीनवटा प्रदेशमा प्रशिक्षण गर्ने

काठमाडौं,साउन २८-नेपाली कांग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।

गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

प्रशिक्षणकालागि नेपाली कांग्रेसको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु गरिएको छ ।

प्रशिक्षण कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुने वताइएको छ ।