नयाँ दिल्लीका मुख्य मुख्य चोकमा आनीका पोष्टर – Himalayan Dainik

नयाँ दिल्लीका मुख्य मुख्य चोकमा आनीका पोष्टर


नयाँ दिल्लीका मुख्य मुख्य चोकमा आनीका पोष्टर

काठमाडौं, साउन २१-‘फुलको आँखामा फुलै संसार’ गितकी चर्चित गायिका आनी छोइङ डोल्माका तस्विर अहिले भारतको नयाँ दिल्लीका चोक चोकमा देखिन थालेको छ । स्त्री ‘दि वमन’ नाम दिएर राखिएको सो तस्विरमा उहाले संगितमा एक प्रस्तुत दिने भनेर उल्लेख छ ।

दिल्लीको छत्तरपुरमा ‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उहाले एकल प्रस्तुति दिँदै हुनुहुनछ । यसअघि मुम्बाईको जे मेरियट होटलमा पनि उहाको एकल प्रस्तुति थियो। दिल्लीमा हुन लागेको आनीको प्रस्तुतीलाई प्रचार तथा प्रवर्द्धन गर्नका लागि दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका छन्।

आनीले विभिन्‍न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बताउनु भयो । उहाले आफ्ना ख्याती कमाएका गीतहरू नै त्यहाँ प्रस्तुत गर्ने बताउनु भयो । उहाको समूहमा वरिष्ठ संगीतकार न्युह बज्राचार्य पनि हुनुहुन्छ । उहा दिल्लीमा आयोजित महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रियामा पनि सहभागि हुँदैहुनुहुन्छ । उक्त कार्यक्रममा एसिड आक्रमणबाट बचेकी लक्ष्मी पनि सहभागी हुँदैछिन् ।