नेपालमा दुई दल हुन्छ : सांसद बस्नेत – Himalayan Dainik

नेपालमा दुई दल हुन्छ : सांसद बस्नेत


नेपालमा दुई दल हुन्छ : सांसद बस्नेत

काठमाडौं,साउन १९ – नेकपाका युवा नेता पूर्व उधोग मन्त्री प्रतिनिधि सभा सदस्य महेश बस्नेतले अब नेपालमा दुई दलीय व्यवस्था हुने बताएका छन् । उनले मधेसवादी दललाई ति दुवै विचार समूहमा समेट्नुपर्ने बताए ।

अमेरीकन युथ काउन्सिल २०१९÷२० को आयोजनामा सिभिक इन्गेजमेन्ट अन्तगर्त प्रदेश नम्बर ३ का ४० बर्ष भन्दा मुनिका युवा जनप्रतिनिधिको सहभागितामा अभिमुखिकरण तथा अन्तक्रियाका क्रममा बस्नेतले त्यस्तो बताएका हुन् ।

युवा नेतृत्वसगँको सहकार्यबाट देशको समृद्धि हासिल गर्न सकिने कार्यक्रमको उद्देश्य थियो ।

यसै क्रममा बस्नेतले सामुहिक भावनाबाट मात्र समग्र देशको बिकास हुने बताए । यसका लागि युथ काउन्सिल जस्ता संस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेको उनको भनाई थियो ।

लेखक निलम कार्की नेहारीकाले नेपालि महिलाका निम्ति राष्ट्रिय मुलधारमा प्रशस्त अवसर रहेको बताइन् । आरक्षण र अवसर कुरेर बस्ने भन्दा पनि अवसर सृजना गरेर महिलाले आफुलाई अगाडि ल्याउनु पर्ने बताइन् ।

राष्ट्रिय युवा परिसदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले, युवा परिषदले ल्याएका युवा लक्षित कार्यक्रमका बारेमा बोलेका थिए । राज्यले मात्र नभएर युवाले पनि के गरियो भन्ने विषयमा सोच्नुपर्ने ढुंगेलको भनाई थियो ।

सोही कार्यक्रममा उद्यमी मनिष झाले युवा आफू नेतृत्व गर्न तयार भएर उपभोग भन्दा उत्पादनमुखी हुनुपर्ने बताए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व बिकासका लागि नेपालमा राजनीतिक दलको भूमिका अहम् रहेको बताइन् ।

अमेरीकन दूतावासकी राजनीतिक बिभाग प्रमूख रोजि कट्टेलले युवाहरु देखासिकिमा लागेको बताइन् ।

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य डा सुमित्रा अमात्यले राज्यले निति तथा कार्यक्रममा बनाउदा युवा लाई बिशेष प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

कार्यक्रम माथि प्रकाश पार्दै सभापति समुन्द्र तिमल्सिनाले संस्थाको भावि योजना बारे जानकारी गराए ।