नेपाल को फरक ब्युटी प्रिजेंन्ट मिस टिन नेपाल २०१९ को पहिलो अडिसन सम्पन्न | – Himalayan Dainik

नेपाल को फरक ब्युटी प्रिजेंन्ट मिस टिन नेपाल २०१९ को पहिलो अडिसन सम्पन्न |


नेपाल को फरक ब्युटी प्रिजेंन्ट मिस  टिन नेपाल २०१९ को पहिलो अडिसन सम्पन्न |

काठमाडौँ साउन १५ ,

हाइवे न्युज रिपोटर |

 

काठमाडौँ जेसीस ले १६ देखि १९ बर्ष सम्मको युवतीहरु सहभागी हुने प्रतियोगिताको पहिलो अडिसन शनिबार काठमाडौँमा सम्पन भएको छ| मिस टिन नेपाल २०१९ नाम दीइएको  सो अडिसन बाट युवतीहरुमा लुकेर रहेको को प्रतिभा बाहिर निकाल्न मदत गर्ने आयोजक टिमले बताउनु भएको छ |

काठमाडौँ जेसीस ले आयोजना गर्न लागेको मिस टिन नेपाल २०१९ को लागि शनिबार पहिलो अडिसन गरेको हो l सन् २००२ देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मिस टिन नेपाल २०१९ को लागि शनिबार सम्पन्न भएको अडिसनमा ४५ जना युवतीले सहभागी भएको काठमाडौँ जेसीसका अध्यक्ष भुवन कुमार श्रेष्ठले बताउनुभयो l अडिसन दिएको मध्येबाट १५ जना छनौट गरिएको उहाले बताउनुभयो l श्रेष्ठका अनुसार दोश्रो अडिसन यहि आउदो शुक्रबार गरिने छ l प्रतियोगितामा बिभिन्न क्षेत्रबाट बिजेता प्रतियोगीहरु सिधै छनौट हुने हुदाँ अडिसन एकदमै प्रतिस्पर्धी हुने आयोजकले बताएको छ l

सम्पन्न अडिसनमा काठमाडौँ जेसिज का अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठ , पुर्व अध्यक्षहरु जेसी सुशीलकुमार श्रेष्ठ, जेसी जेसी सुमन महर्जन, र  जेसी दिपक भण्डारी , कोषाध्यक्ष जेसी एन्जिला खड्का , लगायत पुर्व मिस टिन बिजेताहरु जस्मिन खड्का , सन्जु मोक्तान , रितिका खरेल , मन्चिन शाक्य, दृष्टि के.सी., र रोजी गिरीको जज प्यानल रहेको थियो l

१६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार संचालन हुने मिस टिन नेपाल प्रतियोगित मिस नेपाल पछिकै सबैभन्दा ठुलो सुन्दरी प्रतियोगिता हो l दोश्रो चरणको लागि सहभागी हुन चाहानेले आवेदन फारमका लागि www.missteen.org.np बाट वा Digipay App बाट फारम डाउनलोड गर्न सकिने र थप जानकारीको लागि मिस टिन नेपाल २०१९ को परियोजना अध्यक्ष (Project Chairperson) जेसी निरोज खतिवडा लाई नम्बर ९८४९३८२५०४  सम्पर्क गर्न सकिने छ l

महिला शसक्तिकरणको सामाजिक कार्यक्रम अन्तर्गत मिस नेपाल समेत आयोजना गर्दै आएको काठमाडौँ जेसीसले युवतीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्येश्यले मिस टिन नेपाल २०१९ को आयोजना गर्न लागेको हो l प्रतियोगिताको फिनाले भाद्र १३ गते हुने आयोजकले बताएको छ l