सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना – Himalayan Dainik

सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना


सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

काठमाडौं, साउन ९ – सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना गरिएको छ । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी० का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।