गुल्मीको सत्यवतीमा पहिरो जाँदा ९ जनाको मृत्यु, ४ जना बेपत्ता – Himalayan Dainik

गुल्मीको सत्यवतीमा पहिरो जाँदा ९ जनाको मृत्यु, ४ जना बेपत्ता


गुल्मीको सत्यवतीमा पहिरो जाँदा ९ जनाको मृत्यु, ४ जना बेपत्ता

गुल्मी, साउन ७ – गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । अविलर वर्षापछि आज विहान गएको पहिरोमा परेर ४ जना सम्पर्कविहीन भएका छन् । सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एउटा घर पहिरोमा पुरिदा आमा छोराको मृत्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर पहाडीले जानकारी दिएका छन् ।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन्। घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिडेपछि मात्र पुग्न सकिन्छ। ९ जना बस्ने तीन घर पूर्णरुपमा पुरिएको छ । लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० बढी जोखिममा रहको स्थानीयले बताएका छन् । अहिले पनि लेदो माटोसहित पहिरो खसिरहेको छ । यद्यपी घटनाबारे थप विवरण भने आउन बाँकी छ।