श्रावणको पहिलो सोमबार डोलेश्वरमा भत्तजनको भिड – Himalayan Dainik

श्रावणको पहिलो सोमबार डोलेश्वरमा भत्तजनको भिड


श्रावणको पहिलो सोमबार डोलेश्वरमा भत्तजनको भिड

भक्तपुर, श्रावण ६ – श्रावणको टपहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको हो । मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ । यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्ववअध्यक्ष  बिदुरमानसिंह बस्नेतले जानकाररी दिनुभयो । शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिनुभयो ।