भत्तपुरबाट तास खेल्ने ६ जना नियन्त्रणमा – Himalayan Dainik

भत्तपुरबाट तास खेल्ने ६ जना नियन्त्रणमा


भत्तपुरबाट तास खेल्ने ६ जना नियन्त्रणमा
भक्तपुर,साउन ३ – भक्तपुरबाट तास खेल्ने छ जना पक्राउ परेका छन् । बिहिवार भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीबाट उनीहरु पक्राउ परेका हुन् । बिशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार, सात बुक तास सहित ६ जनालाई पक्राउ गरेको हो । परिसरका प्रबक्ता रेवती रमण पोरखेलका अनुसार, पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।