सांसद बस्नेतले अघि बढाएको हनुमन्ते करिडोरको काम रोक्द भक्तपुरको चार दोवाटो क्षेत्र डुबानमा – Himalayan Dainik

सांसद बस्नेतले अघि बढाएको हनुमन्ते करिडोरको काम रोक्द भक्तपुरको चार दोवाटो क्षेत्र डुबानमा


सांसद बस्नेतले अघि बढाएको हनुमन्ते करिडोरको काम रोक्द भक्तपुरको चार दोवाटो क्षेत्र डुबानमा

भत्तपुर,असार २७ – लगातारको अबिरल बर्षासँगै उपत्यकाको खोलाहरुमा पानीको सतह बढदा अधिकांश स्थान डुवानमा परेका छन ।

सार्वजनिक जग्गा अतिक्रमण गरी खोलाको जग्गा हडप्ने लामो समयदेखिको चलखेल र करिडोर निर्माणमा अवरोध गर्दा भक्तपुरको हनुमन्ते खोलाले फेरि बितण्डा मच्चाउने देखिएको छ ।

हनुमन्तेको बितण्डा रोक्न पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले अघि बढाउनु भएको हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण कार्यमा अवरोध गर्दा अहिले भक्तपुरको चार दोवाटो आसपासका क्षेत्र डुवानमा परेको छ । अघिल्लो बर्ष राधेराधे, नयाँ ठीमीलगायत जुनजुन ठाउँमा डुवान भएको थियो, हाल हनुमन्ते करिडोरको दायाँबायाँ रिटेनिङ्ग वाल निर्माण भएका त्यस ठाउँहरुमा खोला छिरेको छैन ।

ठिमीको चारदोवाटो जहाँ विवाद निकालेर हनुमन्ते करिडोरको काम रोकिएको थियो । त्यस ठाउँमा अहिले पुरै डुबान भएको छ । हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुरको चारदोवाटोस्थित तरकारी तथा फलफूल बजारसमेत डुवानमा परेको छ । डुवानबाट लाखौं मुल्यको तरकारी क्षती पुगेको बताइएको छ ।