त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते – Himalayan Dainik

त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते


त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते

काठमाडौं, असार २७ – त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

जहाज चिप्लिएको स्थान गत वर्ष विमान बंगलादेश दुर्घटना भएको स्थानबाट लगभग १०० मिटर नजिको रहेको छ।विमानमा सवार यात्रुहरुमध्ये २ जना घाइते भएको बताइएको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ। रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन्।
निरन्तरत वर्षा भइरहेकाले जहाजलाई निकाल्न ग्राहो भइरहेको छ। उनले जहाज चिप्लिँदा सवार यात्रुमध्ये एकजना बिरामी रहेको र थप दुईजना यात्रु घाइते हुन पुगेको जानकारी दिए। उनीहरुलाई एम्बुलेन्समा केएमसी लगिएको र हाल अवस्था सामन्य भएको एयरलाइन्सले आफूलाई जनाकारी दिएको क्षेत्रीले बताए।

विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। जसका कारण हालसम्म ९ वटा अन्तर्राष्ट्रिय विमानको अवतरण स्थगन गरिएको छ भने। उडान भर्नुपर्ने १० विमानको उडान पनि स्थगित भएको छ।