एईइ पास भएपछि करिश्माले दिइन् भव्य पार्टी – Himalayan Dainik

एईइ पास भएपछि करिश्माले दिइन् भव्य पार्टी


एईइ पास भएपछि करिश्माले दिइन् भव्य पार्टी

काठमाडौँ,असार २५ – नायिका करिश्मा मानन्धरले एसईईमा राम्रो ग्रेज ल्याइन् । त्यसको खुसी अहिलेसम्म उनी साटिरहेकी छिन् । केहीसमय अघि उनले काठमाडौँको एक रेष्टुरेन्टमा केक काटेर आफ्नो खुसी साटेकी थिइन् भने हिजोमात्र उनले भव्य पार्टी राखेर आफ्नो खुसी साटिन् ।

करिश्माले ज्ञानेश्वरको एक रेष्टुरेन्टमा आफ्ना स्कुलका साथीहरु, शिक्षकहरु र आफ्ना चलचित्र क्षेत्रका मिल्ने साथीहरुलाई बोलाएर पार्टी दिइन् । करिश्माले राखेको पार्टीमा भुवन केसी, गोविन्द राई, नम्रता श्रेष्ठ, रमेश उप्रेती लगायतका कलाकारहरु उपस्थित भएका थिए । सबैले करिश्मालाई बधाई तथा आगामी दिनका लागि शुभकामना पनि दिए ।

करिश्माले अब आफू निकै मेहेनत गरेर प्लस टु पनि गर्ने बताएकी छिन् । उनलाई महंगा कलेजहरुबाट अफर पनि आइरहेका छन् तर करिश्मा भने सरकारी कलेज नै पढ्ने बताइरहेकी छिन् ।