विश्वकै सर्वोत्कृष्ट, गभर्नरको शपथ लम्सालले लिइन् – Himalayan Dainik

विश्वकै सर्वोत्कृष्ट, गभर्नरको शपथ लम्सालले लिइन्


विश्वकै सर्वोत्कृष्ट, गभर्नरको शपथ लम्सालले लिइन्

काठमाडौं, असार २५ – लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका लायन वर्ष २०१९/२० का गभर्नर ईन्दु लम्सालले शपथ लिएकी छन् ।

लायन्स क्लब्स इन्टरनेशनलको १०२औं इटाली कन्भेन्सनमा उनले लायन्स इन्टरनेशनलका अध्यक्ष जुङ युल चोइबाटे गभर्नरको शपथ लिएकी हुन् ।

संगठन विस्तारमा संसारका २ सय १२ देशलाई पछाडि पार्दै लम्साल नेतृत्वको डिष्ट्रिक्टले विश्वलाई चकित बनाउन सफल भएको छ । शपथ लिंदै गभर्नर लम्सालले ८४ वटा नयाँ क्लबको दर्ता गर्न सफल भएकी छन् ।

इन्टरनेशनल कन्भेन्सनमा एउटै डिष्ट्रिक्टबाट यतिधेरै क्लब रजिस्टर भएको नेपालमा मात्रै नभई लायन्स अन्तर्राष्ट्रियमै पहिलो रेकर्ड भएको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिनुभयो ।

संगठन विस्तारमा कीर्तिमान कायम गरेको अवार्ड लम्सालले इटालीमा ग्रहण गरिरहँदा सँगैसँगै नेपालको झण्डा पनि फरफराई रहेको थियो ।

लम्सालले सपथ लिँदा कन्भेन्समा सहभागी नेपालीले ताली बजाएर उत्साह थपिरहेका थिए । उक्त क्षण नेपालीहरूले गौरव गर्न लायक रहेको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जानकारी दिनुभयो ।

इटालीको मिलान शहरमा भइरहेको कन्भेन्सनमा स्थानीय समय अनुसार दिउसो १२ बजेर ५ मिनेट जाँदा लम्सालले शपथ लिएकी हुन् ।

‘विश्वमा नयाँ रेकर्ड राख्दै सपथ लिन पाउँदा म निकै खुसी छु,’ उनले भनिन्, ‘अब वर्षभरीमा डिष्ट्रिक्टले संसारमै नयाँ रेकर्ड राख्नेमा म विश्वस्त छु ।’गभर्नर लम्साल जुलाई ११ मा नेपाल फर्कने कार्यक्रम छ । नेपाल फर्किएसँगै जुलाई १२ मा डिष्ट्रिक्टको चेयरिङ कार्यक्रम हुनेछ ।

आफ्नो कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत जुलाइ १३ मा काठमाडौंको लायन्स पार्क भ्यू टावरमा बृहत वृक्षरोपण कार्यक्रममा सहभागी हुने गभर्नर लम्सालले जानकारी दिनुभयो ।

जुन कार्यक्रममा १ सय ५० वटा भन्दा बढी लायन्स क्लबहरुको सहभागिता रहनेछ । ५ सय भन्दा बढी लायन्स सदस्यको उपस्थितिमा कार्यक्रम गरिने कार्यक्रम संयोजक रामशरण रिमालले जानकारी दिनुभयो ।