सांसद बस्नेतको घोषणा : भू-माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने – Himalayan Dainik

सांसद बस्नेतको घोषणा : भू-माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने


सांसद बस्नेतको घोषणा : भू-माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने

भत्तपुर,असार २४-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले जनताको साथ र सहयोग भएका भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने घोषणा गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै संसद बस्नेतले बोर्डको कमलपोखरी तथा दक्षिण बाराहीको २२ रोपनी जग्गालाई सार्वजनिक बनाउने न्यायालयले विशेष सहयोग कै कारण व्यक्तिको नामबाट सार्वजनिक नै बनाउन सफल भएको बताउँदै उहाँले सो घोषणा गर्नुभएको हो ।