काठमाडौँ, असार २१ – काठमाडौंमा शनिबार सवा ४ बजे भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूगर्भ विभाग र भूकम्प मापन केन्द्रले जनाएको छ । मानिसहरु त्रसित भइ घर बाहिर निस्केका थिए । पराकम्पन आईरहन सक्ने भन्दै संयमित रहन आग्रह गरिएको छ ।