बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा थापाको मृत्यु – Himalayan Dainik

बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा थापाको मृत्यु


बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा  थापाको मृत्यु

काठमाडौं, असार २१ – काठमाडौंको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका दीपक थापाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाइते स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।