सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन : दिपक मनाङे – Himalayan Dainik

सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन : दिपक मनाङे


सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन : दिपक मनाङे

पोखरा,असार २०-मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमबीच उनलाई पार्टी प्रबेश गराएका हुन । उनले आफू पार्टी प्रवेशपछि समाजको सेवा गर्नका लागि राजनीतिमा आएको बताउँदै भने, ‘सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन ।’कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनले बताएका छन् । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए ।

अपराधिक गतिविधिमा संलग्न समूहको नाइकेको रुपमा चिनिने गुरुङ चुनावमा विजयी भई सकेपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका थिए । साढे आठ महिना उनी कारागार बसे । अदालतको आदेशमा पुस ६ गते थुनामुक्त भएका उनले १२ पुसमा सपथ लिन पाउँ भनि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए । २०७५ माघ १४ मा गण्डकी प्रदेश सभा सदस्यको सपथ लिएका उनी नेकपाकै सहयोगमा चुनाव जितेका थिए ।