अर्जेन्टीनालाई हराउँदै ब्रजालि फाइनलमा – Himalayan Dainik

अर्जेन्टीनालाई हराउँदै ब्रजालि फाइनलमा


अर्जेन्टीनालाई हराउँदै ब्रजालि फाइनलमा

एजेन्सी,असार १८ – बुधबार बिहान भएको खेलमा ब्राजलिले अर्जेन्टिनालाई २-० गोलको अन्तरले पराजित गरेको हो ।ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोवर्टी फिर्मिन्होले समान १-१ गोल गरे ।

खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए । दायाँ भागबाट फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे ।
७१ औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चि गरे । उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।