मर्जरको तयारी ‘प्रभु बैंकले अरु बैंकलाई गाभ्न सक्छ, गाभिन सक्दैन’ – Himalayan Dainik

मर्जरको तयारी ‘प्रभु बैंकले अरु बैंकलाई गाभ्न सक्छ, गाभिन सक्दैन’


मर्जरको तयारी  ‘प्रभु बैंकले अरु बैंकलाई गाभ्न सक्छ, गाभिन सक्दैन’

काठमाडौं, असार १८- समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरूलाई किनेर सवल बैंक बनेको प्रभु बैंक अन्य बैंकसँग नगाभिने भएको छ । बैंकले अन्य बैंकलाई गाभेर अझ सवल र सफल बैंक बन्ने तयारी थालेको छ । राष्ट्र बैंकले मर्जरमा जान बैंकलाई तयारी हुन निर्देशन दिएपछि अर्थात पार्टनर खोज्न भनेपछि बैंकले यस विषयमा छलफल गर्न बैठक बोलाएको प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । ‘बैठकमा मर्जरमा के कसरी जाने भनी छलफल हुनेछ,’ उनले भने- ‘हामी अरुलाई गाभ्ने हो, गाभिने पक्षमा छैनौ ।’

आठ वटा बैंक तथा वित्तीय संस्था मिलेर बलियो प्रभु बैंक बनेका हौं ।’ प्रभुको साधारणसभाको एजेन्डामा कुनै बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने तर अन्य बैंक तथा वित्तीय संस्थामा आफू गाभिन नसक्ने गरी प्रस्ताव पारित समेत गरेको छ । जुन अन्य बैंकको छैन । अन्य बैंकले मर्जर सम्बन्धि एजेन्डा उठाएकै छैनन् । अन्य बैंकले कि गाभ्ने वा गाभिने दुबै बाटो खुला गरेका छन् ।

समस्या ग्रस्त भइ खारेजीको प्रक्रियामा गएको नेपाल विकास बैंक, कार्यकारी प्रमुख लगायत उच्च तहका कर्मचारीहरू समेत बैकिङ कसुरको सजाय पाएपछि समस्यामा परेको किष्ट बैंक तथा अर्को समस्यामा परेको ग्राण्ड बैंक लगायत आठ वटा बैंक तथा वित्तीय संस्था मिलेर प्रभु बैंक सवल बनेको हो । फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकपनि प्रभु बैंकमा गाभिएका छन् ।