अभिनेता दिलीप रायमाझीकी छोरी हिरोइन बन्ने – Himalayan Dainik

अभिनेता दिलीप रायमाझीकी छोरी हिरोइन बन्ने


अभिनेता दिलीप रायमाझीकी छोरी हिरोइन बन्ने

काठमाडौँ,असार १८- हास्य कलाकार शिवहरि पौडेल धेरै हास्यटेलिसिरियल निर्देशन गरिसकेका छन् । अब चलचित्र पनि निर्माण निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को आइतबार हास्यकलाकार शिवहरि पौडेलले आफ्नो जन्मदिनको दिनको अवसरमा घोषणा गरेका थिए । उक्त चलचित्रका सह-निर्माता भने किरण र अभिनेता दिलीप रायमाझी रहनेछन् ।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।कलाकार र अन्य प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ । तर चलचित्र निर्माण घोषणासँगै चलचित्रमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने हल्ला फिल्म वृत्तमा चल्न थालेको छ । यस सम्बन्धी जानकारी दिँदै निर्देशक पौडेल दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरेको र केही दिनमा टुङ्गो लाग्ने बताउँछन् । अमेरिकामा रहेकी दिलीपकी छोरी अभिनयमा इच्छुक रहेको तर अहिल्यै डेब्यु गर्ने नगर्ने उनले आधिकारिक जानकारी दिन बाँकी रहेको खुलेको छ ।