रुपन्देहीमा गोली चलेेेेयो रिक्सामा सवार महिलाको साढे ४ लाख लुटेर फरार – Himalayan Dainik

रुपन्देहीमा गोली चलेेेेयो रिक्सामा सवार महिलाको साढे ४ लाख लुटेर फरार


रुपन्देहीमा गोली चलेेेेयो  रिक्सामा सवार महिलाको साढे ४ लाख लुटेर फरार

रूपन्देही,असार १७ – बैंकबाट पैसा निकालेर फर्कने क्रममा एक महिला रुपन्देहीमा लुटिएकी छन । कृषि विकास बैंकबाट ४ लाख ६३ हजार रुपैयाँ निकालेर फर्कने क्रममा साँझ करिब ४ः३० बजेतिर गैडहवा गाउँपालिका को मंगलपुर चोकमा स्थानीय रेशमकुमारी मल्ल लुटिएकी हुन ।

मोटरसाईकलमा सवार लुटेराले अटो रिक्सा रोकेर ति महिलाको साथमा रहेको रकम लिएर गोलि चलाउँदै भागेको बताइएको छ ।
लुटेराले भाग्ने क्रममा गोलि चलाएको भएपनि त्यसबाट कुनै मानविय क्षति नभएको प्रहरीको भनाई छ । घटनाको विषयमा कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले भने–‘हामीले प्रारम्भिक अनुसन्धान अनुसार चोरको स्क्राच तयार पारेका छौं । सम्भवत छिट्टै चोर पक्राउ पर्छ । हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

मल्लले आफ्नो २ लाख र गाउँपालिकामा ताल सरसफाइका लागि निकासा भएको २ लाख ६३ हजार रुपैंया बैंकबाट निकालेर घरतर्फ फर्कने क्रममा लुटिएको प्रहरीले बताएको छ । तर उनी सवार अटो रिक्सामा को को थिए भन्ने अझ खुल्न सकेको छैन ।