स्वर्गीय दाहालको ३८ औं जन्मजयतीको अवसरमा ५ जना सगमाथा आरोही सम्मानित – Himalayan Dainik

स्वर्गीय दाहालको ३८ औं जन्मजयतीको अवसरमा ५ जना सगमाथा आरोही सम्मानित


स्वर्गीय दाहालको ३८ औं जन्मजयतीको अवसरमा ५ जना सगमाथा आरोही सम्मानित

काठमाडौँ,असार १७ – प्रचण्डपुत्र प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानले गरेको पहिलो कार्यक्रममा भएकाृ कारणले गर्दा प्रचण्ड शोकमा डुबिरहनु भयो । स्वर्गीय दाहालको निधनपछि गठन भएको प्रकाश दाहाल स्मृति प्रतिष्ठानले गरेको पहिलो कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो ।

प्रकाश दाहालको फोटोमा सेतो फूलको माला पहिर्याउँदै गर्दा एकैछिन उभिएर दह्रो मुठी कस्दै मलिन अनुहारमा झुकेको झुक्यै अभिवादन गर । जब छोराबारे मनमा खेलेका कुरा सुनाउनु पर्ने अभिभारासहित मञ्चमा पुग्नुभयो प्रचण्ड । आफूलाई कमजोर हुन नदिने निकै प्रयाश गर्नुभयो । तर सक्नुभएन । अनुहारले उहाँमाथिको त्यो बज्रपातलाई सवैसामु राखिदियो । बुवा प्रचण्डकै जस्तो पीडा प्रकाश पत्नी बीना मगरमा पनि देखियो । प्रकाश दाहाल स्मृति प्रतिष्ठानका संयोजकसमेत रहनुभएकी खानेपानी मन्त्री मगरले प्रकाशको समग्र पाटोबारे जानकारी दिँदै सगरमाथा आरोहणका क्रममा प्रकाश दाहालसँग भएका कुराकानी स्मरण गर्नुभयो । २०६९ साल जेठमा सगरमाथा आरोहणकै क्रममा प्रेमपरेपछि प्रकाश र बीनाको बिवाह भएको थियो । प्रकाशबारे एउटै शब्दले सवै कुरा बुझ्न गरी मगरले भन्नुभयो, ‘उहाँसँग फर्किने हिसाब थिएन ।’

सगरमाथा ओराहीलाई सम्पर्क अधिकृतका रुपमा सहयोग पुर्याउनु भएका श्रेष्ठ, महिलालाई सगरमाथा ओरोहणका लागि प्रेरित गर्ने माया, आरोहीलाई बाटो बनाई सहयोग गर्ने आइसफल डा आङ सार्की, पर्वतारोही छिरिङ र कोरियन नागरिक गिलको योगदानको बारेमा समेटिएको श्रव्यदृश्य सामग्रीसमेत कार्यक्रममा देखाइएको थियो । यस्तै सो अवसरमा अर्बुद रोगबाट पीडित पूर्वजनमुक्ति सेना धर्मबहादुर ओली र १३ वर्षीय बालिका पल्लवी श्रेष्ठलाई जनही रु एक÷एक लाख नगद सहयोग प्रदान गरियो ।