प्रेमीसँग मिलेर छोरीले गरिन आमाको हत्या – Himalayan Dainik

प्रेमीसँग मिलेर छोरीले गरिन आमाको हत्या


प्रेमीसँग मिलेर छोरीले गरिन आमाको हत्या

काठमाडौँ, असार १६- भक्तपुरकाे चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियाे। आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। हत्या आराेपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाकाे कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नाैसाद, भारतकाे जनक भगत इडी ३५ नई अशाेका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भाेला कुमार,भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छाेरी २७ वर्षीया ईश्वरी भट्टराई रहेकाे प्रहरीले जनाएकाे छ।

प्रारम्भिक अनुसन्धानमा ईश्वरी र भक्तपुरको पुरानो ठिमी बस्दै आएका नाैसाद बीचकाे सम्बन्धका बारेमा आमालाई थाहा भए पछि छाेरीले नै नाैसादसँग सल्लाह गरी १२ लाखकाे सुपारी दिने सहमति भएकाे खुलेकाे छ। नाैसाद र भाेला कुमारले भारतबाट माेहम्मद रहिशलाई बाेलाएर हत्या गरेकाे अनुसन्धानमा पाइएकाे प्रहरीले जनाएकाे छ।