दुबईकी रानी दुई छोराछोरी र ३ अर्ब रकमसहित बेपत्ता – Himalayan Dainik

दुबईकी रानी दुई छोराछोरी र ३ अर्ब रकमसहित बेपत्ता


दुबईकी रानी दुई छोराछोरी र ३ अर्ब रकमसहित बेपत्ता

एजेन्सी, असार १६-संयुक्त अरब इमिरेट्स (युएइ) की रानी ह्या बिन्त अल हुसैन बेपत्ता भएकी छिन् । मिरर.कमको अनुसार हुसैन दुई बच्चासहित ३१ मिलियन पाउन्ड (करिब ३ अर्ब रुपैयाँ) लिएर बेपत्ता भएकी हुन् ।

अन्तराष्टिय सञ्चारमाध्यामहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अड्कल गरिएपनि पछिल्ला दिन उनी दुबईबाट सिधै जर्मन गएको अनुमान गरिएको छ । केहि सञ्चारमाध्यमले उनलाई दुबईबाट निकाला गरिएको जनाएको छ । उनी दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकतुमकी छैठौं पत्नी हुन् । शेख मुहम्मद अहिले युएइका उपराष्टपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् । रानी हुसैन जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् ।