काठमाडौँ उपत्यकामा साझाले थप्यो थप २० वटा बस – Himalayan Dainik

काठमाडौँ उपत्यकामा साझाले थप्यो थप २० वटा बस


काठमाडौँ उपत्यकामा साझाले थप्यो थप २० वटा बस

काठमाडौँ,असार १६- साझा बसले काठमाडौँ उपत्यकामा थप २० वटा बस सेवा दिने भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गरि काठमाडौँ र ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ । त्यस्तै साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने भएको छ । साझा यातायातले काठमाडौँबाट पोखरा हुदै बागलुङ्ग र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहियासम्म रात्रीकालिन बस सेवा सञ्चालन गर्न लागेको हो ।