काठमाडौं,असार १६ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी १० वर्ष अर्थात (सन् २०३०) सम्ममा ६८ लाख युवाहरुलाई स्वदेशभित्रै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गरिने बताए।
आइतबार आयोजित राष्ट्रिय रोजगार सम्मेलन २०७६ लाई सम्बोधन गर्दै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न सरकार कृयाशील रहेको बताएका हुन्।
बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्दै देशभित्रै मर्यादित र उत्साहित रुपमा रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकार तीनै तहले महत्वपूर्ण भूमिका खेल्नु पर्ने मन्त्री विष्टले बताए।