सर्वोच्च अदालत बार एशाेसिएशनकाे दही चिउरा कार्यक्रमकाे (फाेटाेफिचर सहित) – Himalayan Dainik

सर्वोच्च अदालत बार एशाेसिएशनकाे दही चिउरा कार्यक्रमकाे (फाेटाेफिचर सहित)


सर्वोच्च अदालत बार एशाेसिएशनकाे दही चिउरा कार्यक्रमकाे (फाेटाेफिचर सहित)

काठमाडौं, असार १५- सर्वोच्च अदालत बार एशाेसिएशनले असार १५ गतेको अवसर पारेर दहिचिउरा खाने कार्यक्रमकाे आयाेजना गरेकाे छ । बारकाे प्राङ्गणमा आयाेजित उक्त कार्यक्रममा विगतमा कानून व्यवसायीहरूमात्र सहभागी हुने प्रचलनभन्दा अलि फरक गरेर सर्वोच्च अदालतका न्यायाधीशहरूसहित सर्वोच्च अदालत बारका सदस्य बरिस्ठ अधिवक्ता तथा अधिवक्ता एवं उपत्यकाका अन्य बारसँँग आवद्द बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूसमेत दही चिउरा कार्यक्रममा सहभागी भएकन थिए ।


उत्त कार्यक्रममा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवरा लगायत सर्वोच्च अदालतका अन्य सम्पूर्ण न्यायाधीशहरू, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वाेज निराैलासहित अन्य रजिस्ट्रारहरू, वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित अन्य वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित अन्य पदाधिकारी तथा सदस्यहरू, उपत्यकाभित्रका सहभागी भएकाे कुरा कार्यक्रम आयाेजक सर्वोच्च अदालत बार एशाेसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले हामीलाई बताए ।

उपाध्यक्ष खडकाका अनुसार उक्त कार्यक्रममा सर्वाेच्च अदालत बार एशाेसिएशनका सदस्य रहेका संविधानसभाका अध्यक्ष वरिष्ठ अधिवक्ता शुभाषचन्द्र नेम्वाङ तथा नेपाल राज्यका महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेलकाे पनि सहभागिता रहेको थियाे ।

उक्त अवसरमा प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवरा लगायतका अतिथिहरूले सर्वोच्च अदालत बार एशाेसिएशनले हालैमात्र स्तराेन्नति गरिएकाे बैठक कक्ष समेत अवलोकन गरेका थिए ।