चेपाङ बालबालिकालाई लायन्स क्लव अफ अव्वल भ्यालीकाे सहयोग – Himalayan Dainik

चेपाङ बालबालिकालाई लायन्स क्लव अफ अव्वल भ्यालीकाे सहयोग


चेपाङ बालबालिकालाई लायन्स क्लव अफ अव्वल भ्यालीकाे सहयोग

चितवन,असार११-
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि१ अन्तरगतकाे लायन्स क्लव अफ अव्वल भ्यालीद्वारा चितवन जिल्ला इच्छाकामना गाउंपालिका वडा नं.६ मा अवस्थित श्री देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभुत विद्यालयमा आयाेजित एक कार्यक्रममा लायन्स क्लव अफ अव्वल भ्यालीले कक्षा १ देखि कक्षा ५ सम्म अध्यापन गरिंदैआएकाे उक्त विद्यालयमा हालैमात्र सुरूवात गरिएकाे नर्सरी कक्षाको लागि आवश्यक कक्षाकाेठाकाे स्तराेन्नतिमा सहयाेग गर्दै नर्सरीमा अध्ययनका लागि आउने वालवालिकाहरूकाे लागि आवश्यक पर्ने मनाेरञ्जनपूर्ण पाठ्यसामग्रीका अलावा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि खेलकुदका सामाग्री र स्टेसनरी सामानहरू हस्तान्तरण गरेकाे छ ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजुु खड्काले कुनै व्यक्ति वा संस्थाले अर्को कुनै व्यक्ति वा संस्थालाई सहयाेग गर्नुपर्दा सहयोग प्राप्त गर्ने व्यक्ति वा संस्थाकाे आवश्यकता पहिचान गरेरमात्र गरिएमा त्यो वास्तविक अर्थमा सहयोग हुने र प्राप्त गर्ने पनि पूर्णरूपमा लाभान्वित हुनसक्ने बताएका छन् । जसले जतिसुकै ठूलो राशिको सहयोग गरेपनि सहयोग प्राप्त गर्नेको आवश्यकताभित्रकाे परेन भने त्यस्तो सहयोगले खासै अर्थ राख्न नसक्ने कुरा सर्वोच्च अदालत वार एशाेसिएशनका उपाध्यक्ष समेत रहेका चार्टर प्रेसिडेन्ट खडकाले बताएका छन् ।

लायन्स क्लव अफ अव्वल भ्यालीका तर्फबाट प्राप्त सहयोग ग्रहण गर्दै उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले उक्त स्कूलमा अध्ययन गर्ने करिव १२० विद्यार्थीहरूमध्ये १ जना गुरूङ थरकाबाहेक अन्य सम्पूर्ण विद्यार्थीहरू चेपाङ समुदायका भएका र यहाँका विद्यार्थीहरूका लागि स्कूलमा नियमित गराउनु प्रमुख समस्या रहिरहेका बेला लायन्स क्लव अफ अव्वल भ्यालीका तर्फबाट भएको नर्सरी कक्षाकाेठाकाे स्तराेन्नती एवं प्राप्त भएकाे मनाेरञ्जनपूर्ण पाठ्यसामग्रीका कारणबाट साना साना बालबालिकाहरूका लागि स्कूलकाे अध्ययन बाेझिलाे नभएर मनाेरञ्जनपूर्ण हुने हुंदा साना साना वालवालिकाहरूलाई खुसी खुसी स्कूल आेउने वातावरण बन्न जाने भएकोले सहयोगकाे लागि धन्यवाद दिएकि थिइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहयोग हस्तान्तरणपछि बालबालिकाहरूलाई खाजा वितरण गरिएको थियो ।