६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, बाेलाइए बालुवाटारमा यी नेता – Himalayan Dainik

६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, बाेलाइए बालुवाटारमा यी नेता


६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, बाेलाइए बालुवाटारमा यी नेता

काठमाडौं,असार १२- सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन् । ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । त्यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ । तर, कुन -कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही खुलाइएको छैन । यो समाचार आजको अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ ।