“म घरमा बर्थ डे मनाईरहँदा भाइ हस्पिटलमा बिते” – नम्रता श्रेष्ठ – Himalayan Dainik

“म घरमा बर्थ डे मनाईरहँदा भाइ हस्पिटलमा बिते” – नम्रता श्रेष्ठ


“म घरमा बर्थ डे मनाईरहँदा भाइ हस्पिटलमा बिते” – नम्रता श्रेष्ठ

काठमाडौं,असार १२- यही भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’की नायिका नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । आजको दिनसम्म आइपुग्दा उनले ३२ वटा बसन्त पार गरिसकेकी छिन, अर्थात उनि ३३ बर्षमा प्रवेश गरिन् । उनको जन्मदिन मनाउन चलचित्र जाइराको टिमले भव्य पार्टीको आयोजना गरेको थियो । यहि बिशेष अवसर पारेर चलचित्रका २ वटा पोष्टरहरु पनि सार्वजनिक गरिएको थियो ।

नायिका श्रेष्ठ लिड रोलमा रहेको यस चलचित्रमा उनि निर्माताको रुपमा पनि डेब्यु गर्दै छिन। पहिलो शुभकामना कसको थियो भन्ने प्रश्नमा नम्रताले भनिन, जन्मदिनको शुभकामना त हिजो अस्तिदेखि नै आउन शुरु भईसकेको थियो तर, आज चाँही अनुपले सबैभन्दा पहिला ‘विस’ गरेको थियो । टिमका अरु मेम्बरहरुमा कसैले १२ बजे भन्दा अगाडि कसैले १२ बजे भन्दापछाडि म्यासेजबाट ‘विस’ गर्नुभएको थियो तर, उसले चाँही रातको ‘जिरो टाइम’मा ‘विस’ गरेको थियो ।

नम्रता श्रेष्ठ जन्मदिनको अहिले सम्मकै प्यारो उपहार भनेको मेरो हजुर आमाको लकेट भएको बताउछिन । म सानो हँुदा देखिनै मलाई त्यो लकेट असाध्यै मनपथ्र्याे र म हजुर आमालाई सधै मागिरहन्थँे । तर जीवित रहुन्जेल सम्म उहाँले त्यो कसैलाई दिनु भएन किनकि, त्यो लकेट हजुर आमालाई हजुरबाबाले दिनु भएको रहेछ ।

हजुरआमाले मेरो निधन पछी यो कान्छीलाई दिनु भनेर ममलाई भन्नुभएको रहेछ त्यसैले हजुर आमाको निधनपछि ममले त्यो ‘लकेट’ मलाई जन्मदिनमा दिनु भएको थियो । आफ्नो जन्मदिनमा भएको अहिले सम्मको सबै भन्दा सुखद र दु:खद पलको बारेमा नम्रता श्रेष्ठले भनिन, अब, आफ्नो जन्मदिन त प्राय: सबैलाई सधै सुखद नै लाग्छ त्यसैले यही पल सुखद थियो भन्न गाह्रो छ ।

तर, दु:खद पल चाँही मेरो कलेज टाइममा मैले जन्मदिन मनाउदा मेरो ३ बर्षको कजन भाइ बिरामी भएर हस्पिटलमा राखिएको थियो । मेरो ड्याड मम दुबैजना हस्पिटलमै हुनुहुन्थ्यो। म हस्पिटल जान लाग्दा कलेजका साथीहरु घरमै आएर बर्थडे सेलिब्रेट गर्नुपर्छ भनेर जिद्दी गर्न लागे त्यसैले म घरमै अल्झिएँ । बर्थडे सेलिब्रेट गरिसकेपछि मैले कल गर्दा भाई बितिसकेको कुरा थाहा भयो । त्यहि नै मेरो जन्मदिनमा घटेको दु:खद पल थियो ।